प्रदेश १ मा ४२ अर्ब २० करोडको बजेट विनियोजन

Jun 16, 2019 merolagani

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ ।

कुल विनियोजित मध्ये चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार अर्थात ४३.९ प्रतिशत र पूँजीगत तर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार रूपैयाँ अर्थात ५५.९ प्रतिशत रकम विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले जानकारी गराए ।

 

यस्तै वित्तीय व्यवस्था तर्फ ८ करोड रूपैयाँ अर्थात ०.२ प्रतिशत र अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार बजेट छुट्याइएको छ ।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्व ३ अर्ब ८६ करोड, राजश्व बाँडफाँडबाट १० अर्ब ५२ करोड, अनुदानबाट २१ अर्ब २१ करोड व्यहोरिने छ । यस्तै चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब ६१ करोड रहने पूर्वानुमान छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।