आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक बजेट प्रस्तुत गर्दै ‘समृद्ध प्रदेश खुसी जनता’को नारालाई प्रथमिकता दिएको बताए ।
वित्तीय हस्तान्तरण तर्फ सशर्त अनुदान १ अर्व ३८ करोड, वित्तीय समानिकरण अनुदान ५० करोड, समपुरक अनुदान १ अर्व ५० करोड रूपैयाँ छ । विशेष अनुदान एक अर्ब गरि कुल वित्तीय खर्च ४ अर्व ३८ करोड हुने अनुमान गरिएको छ ।
प्रदेश सरकारले अनुमानित खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्व ४ अर्ब ६९ करोड, राजस्व बाँडफाँडबाट ९ अर्व ९१ करोड २३ लाख, रोयल्टीबाट ३० करोड, वित्तीय समानिकरण अनुदानबाट ७ अर्व ५४ करोड र सर्शत अनुदान ७ अर्व ७७ करोड स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ ।
यस्तै चालु आर्थिक वर्षको बचत रकमबाट ५ अर्ब, समपूरक अनुदानबाट ८० करोड र विषेश अनुदानबाट ५० करोड रूपैयाँ हुने अनुमान गरेको छ ।