सिभिल बैंकको सुर्खेत र लम्कीमा शाखा विस्तार

Jun 17, 2019 Merolagani

सिभिल बैंकले आफ्नो शाखा विस्तारको क्रममा वीरेन्द्र नगरपालिकाको सुर्खेतमा र लम्की चुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले र लम्की चुहा नगरपालिकाको मेयर महादेव बजगाईंले गरेका थिए।

शाखा उद्घाटन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बैंकको शाखा विस्तार हुँदा वित्तिय साक्षरताको अभिवृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने बताए। बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने उनको भनाई थियो।

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपाललाई समृद्धि तर्पm लैजानहामी सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमालगानीगर्नको लागी आवश्यक पूजीँको निर्माण गर्न आग्रह गरे।

सिभिल बैंकले लम्कीेमा शाखा सञ्चालनमा ल्याएकोमा धन्यवाद ज्ञापन गर्दै प्रमुख अतिथि तथा लम्कीचुहा नगरपालिकाको मेयर महादेव बजगाईले सम्पुर्ण जनसमुदाय सिभिल बैंकले प्रदान गर्ने बैंकिङ सेवाबाट लाभान्वित हुने कुरामा आफु विश्वश्त रहेको बताए।
सुर्खेत र लम्की शाखा सहित सिभिल बैंककोे कूल शाखा संख्या ८१ पुगेकोे बैंकले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।