चाँडै एकीकृत कारोबार गर्न साधना र आर्थिक समृद्धि लघुवित्त प्रतिबद्ध

Jun 17, 2019 Merolagani

साधना लघुवित्त वित्तीय संस्था र आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थाले छिट्टै एकीकृत कारोबार सुरु गर्ने जनाएका छन्। विशेष साधारण सभाबाट एक आपसमा मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेपछि दुई लघुवित्तबाट सो प्रतिबद्धता आएको हो।

साधना लघुवित्तले चालु आ.व. २०७५/०७६ को समीक्षा तथा आगामी आ.व. २०७६/०७७ को बजेट तर्जुमा गर्ने उद्देश्यले आयोजित योजना तर्जुमा गोष्ठी कार्यक्रममा बोल्दै आर्थिक समृद्धि लघुवित्तका सञ्चालक समिति अध्यक्ष डा. एक नारायण चापागाँईले दुबै संस्थाको छिट्टै एकीकृत कारोबार गरिने बताए। त्यसको लागि कार्यक्रमको गुणस्तर वृद्धिको साथै सम्पुर्ण कर्मचारी एक ढिक्का भएर काम गर्नुपर्ने उनको भनाई थियो।

यस्तै साधाना लघुवित्त सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाले ग्राहक सेवाको गुणस्तरमा अभिवृद्धि, नयाँ प्रडक्ट, कर्मचारी उत्पादकत्व अभिवृद्धि, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन, कम्प्लायन्स, जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही बजेट निर्माणमा सहभागी हुन निर्देशन दिए ।

 

दुबै लघुवित्तको विषेश साधारण सभाबाट साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित भइसकेको छ । यसैगरि सम्पत्ति तथा दायित्व मूल्याङ्कनबाट प्राप्त भएको शेयर स्वाप रेसियो (साधनाले आर्थिक समृद्धिलाई १००ः८० मा प्राप्ती गर्ने) अनुपात स्वीकृत भएको छ ।

यसैगरि प्राप्तिपछि १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, कार्यक्षेत्र विस्तार गरेर राष्ट्रियस्तरको लघुवित्त संस्था बन्ने प्रस्ताव पनि विशेष साधारण सभाले पारित गरेको छ ।

हाल साधनाको चार करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी छ भने आर्थिक समृद्धिको तीन करोड ६ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।