नबिल बैंकको १२ प्रतिशत बोनस सूचीकृत

Jun 17, 2019 Merolagani

नबिल बैंक (NABIL) को ९६ लाख ८६ हजार २४४ कित्ता बोनस शेयर असार २ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबारका लागि सूचीकृत भएको छ ।

बैंकको फागुन २७ गते सम्पन्न ३४ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्ताव अनुरुप गत आव २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो

सो साधारण सभाबाट पारित चुक्ता पूँजीको १२ प्रतिशत बोनस सोमबार सूचीकरण भएको हो। सूचीकरणसँगै अब बैंकका शेयरधनीले उक्त बोनस शेयर खरिद बिक्री गर्न सक्नेछन्।

साधारणसभा प्रयोजनका लागि बैंकले गत फागुन १४ गते शेयरधनी किताब बन्द गरेको थियो । यस अनुसार बैंकको लाभांश २०७५ फागुन १३ गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन् ।

बोनस पश्चात नबिल बैंकको चुक्ता पूँजी ९ अर्ब एक करोड रुपैयाँ कायम भएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।