स्वाभिमान लघुवित्तको शेयर रजिष्ट्रार चयन

Jun 18, 2019 Merolagani

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार चयन गरेको छ। लघुवित्त सञ्चालक समिति बैठकले सिद्धार्थ क्यापिटललाइ शेयर रजिष्ट्रार छनौट गरेको हो।

यससँगै रुपन्देहीको तिलोत्तमामा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरधनीले शेयरसम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने लगायत सम्पूर्ण सेवाहरु सिद्धार्थ क्यापिटलबाट लिन सक्नेछन्। 

लघुवित्तले वैशाख २७ गतेदेखि ३१ गतेसम्म एक करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरि जेठ ५ गते बाँडफाँड गरेको थियो। लघुवित्तको एसएमएफबीएस (SMFBS) कारोबार संकेतमा जेठ २८ गतेदेखि नेप्सेमा शेयर कारोबार खुला भएको छ। 

आईपिओि निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ६ करोड १८ लाख ६१ हजार रुपैयाँ पुगेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।