यसअनुसार असार १० गते मंगलबारसम्म नेप्सेमा कायम कारोबार भई फाइनान्सको शेयरधनी दर्ता किताबमा कायम रहने शेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न सक्नेछन्।
राष्ट्र बैंकले जिल्लास्तरको फाइनान्स कम्पनीहरुलाई न्यूनतम ४० करोड चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो। सोही लक्ष्य भेटाउनका लागि कम्पनीले शेयरधनीलाई भारी मात्रामा हकप्रद बिक्री गरेर चुक्ता पूँजी कायम गर्ने बाटो अंगालेको हो।
उक्त हकप्रद जारी गर्ने प्रस्तावलाई फाइनान्सको २०७४ असार ३१ गते सम्पन्न १९ औं वार्षिक साधारण सभा तथा २०७५ भदौ ११ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गराएको थियो।
हाल ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको सो अनुपातको हकप्रद बिक्री पश्चात ४० करोड २ लाख रुपैयाँ पूँजी कायम हुनेछ ।
राष्ट्र बैंकले पछिल्लो पटक जारी गरेको एकीकृत निर्देशिका २०७५ लाई संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाको वर्गीकरण र न्यूनतम चुक्ता पूँजीको व्यवस्थामा समेत परिवर्तन गरेको छ ।
राष्ट्रिय स्तरको कार्यक्षेत्रमा रहि सञ्चालनमा रहने फाइनान्स कम्पनीले न्यूनतम चुक्ता पूँजी ८० करोड र प्रदेशस्तरमा सञ्चालन हुनेले ५० करोड कायम गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघिको जिल्ला स्तरीय ४० करोड पूँजीको व्यवस्था खारेज गरिएको थियो। यससँगै नयाँ व्यवस्था अनुरुपको पूँजी कायम गर्न फाइनान्सलाई हकप्रद पश्चात थप १० करोड पूँजी आवश्यक पर्ने देखिन्छ।