तारागाउँ रिजेन्सी होटल बन्द प्रकरणमा सरकारले दुबै पक्षलाई वार्तामा बोलायो

Jun 19, 2019 Merolagani

तारागाउँ रिजेन्सी होटलमा मजदुरले गरेको आन्दोलनलाई बहाना बनाउँदै ब्यवस्थापनले होटल बन्द गरेपछि सरकारले दुबै पक्षलाई वार्तामा बोलाएको छ ।

श्रम तथा रोजगार कार्यालय, बागमतिले मजदुर र ब्यवस्थापन दुबै पक्षलाई आफ्ना अडानहरु थाती राखेर वार्तामा आउन पत्र काटेको छ ।

कार्यालयले ब्यवस्थापन र मजदुर दुबै पक्षले वार्तामा नबस्ने अडान तत्काललाई थाति राख्दै आफ्नो मध्यस्थतामा वार्तामा बस्न पत्र पठाएको बताईएको छ ।

मजदुरहरु वार्तामा बसेर समाधान खोज्न तयार भए पनि ब्यवस्थापन पक्षले वार्तामै नबस्ने र मजदुरहरु विना शर्त काममा आउनुपर्ने शर्त राख्दै आएको छ ।

होटलका अध्यक्ष राधेश्याम सर्राफले एभरेष्ट होटल बन्द गरे जस्तै तारा गाउँ पनि बन्द गरेर सरकारी छानविनबाट बच्न  खाजेको हुन  कि भन्ने आशंका बढ्दै जाँदा होटल खोल्न सरकार नै लागि परेको देखिएको छ ।

उता, होटललाई जग्गा दिएको तारा गाउँ विकास समितिले भने होटल लामो समयसम्म बन्द भए आफुले दिएको जग्गा फिर्ता लिने चेतावनी दिएको छ ।

आफ्नो सेवा सुविधामा कटौति गरिएको, आवास रकम हिनामिना गरिएको, उच्च ब्यवस्थापनमा भारतीय नागरिकलाई राखेर नेपालीहरुलाई हेप्न थालिएको, होटल ब्यवस्थापनमा अपारदर्शी ब्यवहार हावी रहेको भन्दै मजदुरहरु ६ दिनदेखि आन्दोलनमा छन् भने ब्यवस्थापनले नेप्सेलाई एकतर्फी पत्र पठाएर होटल बन्द भएको सूचना गरेको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।