तारागाउँ रिजेन्सी होटलका आन्दोलनरत मजदुरहरु काममा फर्किए

Jun 19, 2019 Merolagani

तारा गाउँ रिजेन्सी होटलमा कार्यरत मजदुरहरुले काममा फर्किने घोषणा गरेका छन्। होटल मजदुरहरुलाई श्रम तथा रोजगार कार्यालय बागमितले काममा फर्किन आदेश दिएपछि मजदुरहरु आन्दोलन स्थगित गरी काममा फर्किएका हुन् ।

मजदुर अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर युनियनका अध्यक्ष मुक्ति दाहालले श्रम तथा रोजगार कार्यालय, बागमतिले आदेश दिएपछि आफुहरु काममा फर्किएको तर मागहरु यथावत रहेको मेरोलगानीलाई बताए ।

श्रम तथा रोजगार कार्यालय बागमतिले मंगलबार ब्यवस्थापन र मजदुर दुबै पक्षलाई पत्र लेखेर वार्तामा बोलाएको थियो । 

मजदुरहरुले आफ्ना सेवा सुविधाका माग राखी आन्दोलन शुरु गरेपछि ब्यवस्थापनले नेप्सेलाई पत्र लेखेर होटल बन्द गरिएको सूचना गरेको थियो। ६ दिनदेखि होटल बन्द हुनुका साथै अन्तर्राष्ट्रिय बुकिङ समेत रद्ध गरिएका छन् । ब्यवस्थापनले होटल खोल्नेबारेमा कुनै प्रतिक्रिया दिएको छैन। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।