सरूवाकाे विराेध गर्दै कर्मचारी यूनियनद्वारा विद्युत प्राधिकरणमा तालाबन्दी

Jun 19, 2019 Merolagani

एकैपटक १५ सय भन्दा धेरै कर्मचारीहरू सरूवा गरेको विरोधमा कर्मचारीहरूले  नेपाल विद्युत प्राधिकरणमा तालावन्दी गरेका छन्। प्राधिकरणले केही दिन पहिले एक हजार पाँच सय ७४ कर्मचारीको सरूवा गरेको थियो।

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले प्रशासन महाशाखाका प्रमुख डोलनाथ कँडेल र कर्मचारी प्रशासन शाखा प्रमुख जमुना खड्काको कार्यकक्षमा तालाबन्दी गरेको हो।

तालाबन्दीमा सत्तारूढ दल नेकपा निकटकै कर्मचारी युनियन संलग्न छ । युनियनले आफुले सिफारिस गरेअनुसार कर्मचारीको सरूवा नगरेको भन्दै तालावन्दी गरेको हो।

कुलमान घिसिङले कार्यकारी निर्देशक भएर आएपछि दोश्रो पटक ठुलो संख्यामा कर्मचारीहको सरूवा गरेका थिए। 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।