बैंकहरूमा लगानी याेग्य रकम बढ्याे, एक सातामा थपियाे १५ अर्ब

Jun 19, 2019 Surendra Thapa

बैंक तथा बित्तीय संस्थाहरूमा लगानीयाेग्य रकम अर्थात तरलता बढेर ३८ अर्ब पुगेकाे छ । गत साता यस्ताे रकम घटेर २३ अर्बमा खुम्चिएकाे थियाे ।   

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार एक सातामा वित्तीय प्रणालीमा १५ अर्ब तरलता थपिएको हो । चालु आर्थिक वर्ष सकिँनै लाग्दा सरकारी खर्चकाे भुक्तानी बढेकाले  वाणिज्य बैंकहरुमा निक्षेप थपिने क्रम बढेको छ ।

अन्तरबैंक सापटीकाे ब्याजदर भने अहिले ६.५ प्रतिशत रहेकाे नेपाल राष्ट्रबैंकले जनाएकाे छ ।

बैंकर्स एशाेसिएसनका अनुसार वाणिज्य बैंकहरुले जेठ महिनामा ५१ अर्ब निक्षेप संकलन गरेर २१ अर्ब कर्जा लगानी गरेका छन् ।

गत वैशाखमा बैंकहरुमा ५ अर्ब निक्षेप थपिँदा २७ अर्ब कर्जा विस्तार भएको थियो । चैत्रमा २९ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले २२ अर्ब कर्जा लगानी गरेका थिए भने फागुनमा ४ अर्ब निक्षेप उठाएका बैंकहरुले ९ अर्ब कर्जा परिचालन गरेका थिए ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म बैंकहरुले कुल २७ खर्ब ५९ अर्ब निक्षेप संकलन गरी २४ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । चालु आर्थिक वर्ष अर्थात श्रावण यता बैंकहरुमा २८९ अर्ब निक्षेप थपिएको छ भने ३५७ अर्ब कर्जा परिचालन गरेका छन् ।

एघार महिनाको अवधिमा बैंकहरुले निक्षेप संकलन भन्दा ६८ अर्ब रुपैयाँ बढी रकम कर्जा परिचालन गरेका छन् । जेठको अन्तिम साता बैंकहरुमा पाँच अर्ब निक्षेप थपिएको छ भने कर्जा विस्तार ३ अर्बले बढेको छ ।

 

 

सरकारले पूँजीगत खर्चको रकम भुक्तानी दिने क्रम केही बढाएकाले बैंकहरुको निक्षेपमा सुधार देखिएको हो । तर गत वर्षको भन्दा बैंकहरुमा निक्षेप बढ्ने क्रम भने सुस्त छ । आर्थिक वर्षको सकिन एक महिना भन्दा बढी समय रहँदा बैंकहरुले कर्जा विस्तारमा संयमित देखिएपनि कर्जा दिने क्रम भने रोकिएको छैन ।

बैंकहरुले कर्जा विस्तारमा लिएको आक्रमक नीति र निक्षेप संकलनमा सुधार नहुँदा सिसिडि रेसियो समेत बढेको थियो । सिसिडि रेसियो तोकिएको सीमा भन्दा माथि पुग्ने भएपछि बैंकहरुले कर्जा विस्तारमा संयम राख्दै निक्षेप संकलनमा जोड दिएका छन् । अधिकाश वाणिज्य बैंकहरुको कर्जा पूँजी निक्षेप (सिसिडि) अनुपात ८० को हाराहारीमा भएकाले कर्जा दिनका लागि नयाँ निक्षेप आवश्यक हुन्छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।