देवः विकास बैंकको लाभांश पाउन बिहीबारसम्म शेयरधनी बन्नुपर्ने

Jun 20, 2019 Merolagani

देवः विकास बैंक (DBBL) ले गत आवको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश प्राप्त गर्न असार ५ गते बिहीबारसम्म शेयरधनी बन्नुपर्नेछ। बैंकले बाह्रौं वार्षिक साधारण सभाका लागि ६ गते शुक्रबारदेखि शेयरधनी दर्ता किताव बन्द गर्दैछ ।

यस आधारमा बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहने शेयरधनी मात्र लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागिता जनाउन पाउनेछन्।

देव विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्तीसँग सम्बन्धित विभिन्न प्रस्ताव उपर छलफल गरि पारित गर्न अगामी असार १२ गते बिहीबार बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

नेपाल पुलिस क्लव भृकृटीमण्डपमा बिहान ११ बजे बोलाइएको सभाले सञ्चालक समतिले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख ८० हजार ३४८ रुपैयाँको ५.५ प्रतिशत अर्थात १३ लाख ९३ हजार ५२४ कित्ता बोनस बोनस वितरण गर्ने प्रस्ताव गर्नेछ।

यसैगरि वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्तीसँग सम्बन्धित खर्च, सम्झौता, एक बराबरको एक स्वाप रेसियो, तथा अन्य कार्यहरु अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा छ।

बैंकले अझै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ती तथा विदेशी रणनैतिक साझेदार भित्र्याउन आवश्यक कार्यहरु गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रत्योजन गर्ने लगायतका मुख्य एजेण्डा रहेका छ।

उता वेष्टर्न डेभलपमेन्ट बैंकले पनि असार १२ गते देव विकास बैंकसँग प्राप्ती हुने सम्बन्धमा सोही दिन होटल सीटी दाङमा साधारण सभा बोलाएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।