सस्तो मूल्यमा शेयर उठाउनेको सक्रियता बढ्दा बजार सकारात्मक

Jun 20, 2019 03:26 PM Merolagani

सस्तो मूल्यमा शेयर खरिद गर्ने लगानीकर्ताको सक्रियता बढ्न थालेपछि शेयर बजारमा सुधारको संकेत देखिएको छ। बजेटपछि १५ कारोबार दिनमै ६१ अंकले तर झरेको बजारमा लगानीकर्ताले शेयर खरिदको अवसरका रुपमा लिएका छन् ।

बजार माथिल्लो बिन्दुमा रहँदा शेयर बेचेर नाफा सुरक्षित गरेका लगानीकर्ता बजार घटाईको पर्खाइमा थिए। १५ कारोबार दिनमै ६१ अंक बजार घटेपछि उनीहरु पुन: बजारमा फर्कन थालेका छन्। १३ सय अंक माथिको बजारमा शेयर बिक्री गरेकाहरु बजार पस्ने उपयुक्त अवसरको खोजीमा थिए । 

अर्कातर्फ आर्थिक वर्षको अन्त्य हुँदै गर्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम समेत थपिँदै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबारसम्म वित्तीय प्रणालीमा ३८ अर्ब अधिक तरलता छ। साथै विहिबार मात्रै राष्ट्र बैंकले बजारमा थप १५ अर्ब तरलता प्रवाह गरेको छ। यसले पनि बजारमा सकारात्मक सन्देश दिएको छ। त्यस्तै बैंकहरुमा निक्षेप थपिने क्रम पनि जारी छ । जेठ महिनामा बैंकहरुमा ५० अर्ब बढी निक्षेप थपिएको छ।

बिहीबार नेप्से परिसूचक ५.९० अंकले बढेर १२६४.३६ अंकमा पुगेको छ । १७१ कम्पनीको कारोबार भएको बजारमा ९४ कम्पनीको शेयरमूल्य बढ्दा ३८ कम्पनीको शेयरमूल्य घटेको छ। २३ कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन आएन। यस दिन ३७ करोड ५३ लाख बराबरको कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत झण्डै ८ करोडले बढेको छ ।

एघार समूहको कारोबार भएको बजारमा तीन समूह नकारात्मक रहदा अन्य सबै सकारात्मक रहेका छन् । वित्त, निर्जीवन बीमा र उत्पादन समूह नकारात्मक रहदा अन्य सबै समूह उकालो लागेका छन् । यसदिन सबैभन्दा धेरै शिवम् सिमेन्टसको ३ करोड बढीको शेयर किनबेच भयो ।

गुराँस लघुवित्त र मल्टीपर्पस फाइनान्सको शेयर मूल्य करिब दश प्रतिशतले बढ्यो। भर्खर कारोबारमा आएको गुराँस र हकप्रदमा उचालिदा मल्टीपर्पसको फाइनान्सको शेयर मूल्य उकालो लागेका हो । रिलायान्स फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै पाँच प्रतिशत बढीले घट्यो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।