दुई लघुवित्तको आईपीओमा लगानीको अवसर खुल्दै

Jun 23, 2019 09:00 AM Merolagani

शेयर बजारका लगानीकर्तामा दुई लघुवित्तको पाँच करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) मा लगानीको अवसर खुला हुने भएको छ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपिओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो।

बोर्डले स्याङ्जामा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्त वित्तीय संस्थालाई एक सय रुपैयाँ अंकित दरमा ४ करोड रुपैयाँ बराबरको बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति दिएको छ।

यसैगरि घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार बराबरको एक लाख ३२ हजार ६०० कित्ता शेयर बिक्री गर्न अनुमति दिएको हो।

बोर्डबाट अनुमति पाएको ढिलोमा दुई महिना समयावधिभित्र दुबै कम्पनीले प्राथमिक शेयर जारी गर्नुपर्ने व्यवस्था छ। 

स्याङ्जामा केन्द्रीय कार्यालय रहेको आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड र कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्थाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल मार्केट लिमिटेड रहेको छ।

आँधीखोला लघुवित्त वित्तीय संस्थाले निष्काशन गर्ने साधारण शेयरलाई औसतभन्दा तल आधार जनाउने क्रेडिट रेटिङ्ग दिइएको छ। रेटिङ्ग कम्पनी इक्रा नेपालले कम्पनीको धितोपत्रलाई इक्रा एनएपि आईपिओ ग्रेड ४ ग्रेडिङ प्रदान गरेको छ।

घोडीघोडा लघुवित्तले भने सार्वजनिक निष्काशनको रेटिङ्ग गराएको छैन। बोर्डको व्यवस्था बमोजिम तीन करोडभन्दा कम पूँजीको सार्वजनिक निष्काशन गर्ने कम्पनीलाई अनिवार्य क्रेडिट रेटिङ्ग गर्नुपर्ने बाध्यता हुँदैन। सोही कारणले यस लघुवित्तले रेटिङ्ग नगराएको हो।

आँधीखोला लघुवित्तले जारी पूँजीको ४० र घोडाघोडी लघुवित्तले ४८ प्रतिशत सार्वजनिक निष्काशन गर्न लागेको हो।

पूँजी बजारमा निष्काशन खुला हुने अन्य समूहका कम्पनीको शेयरको तुलनामा लगानीकर्ताको खास आकर्षण लघुवित्त कम्पनीहरुमा रहँदै आइरहेको पाइन्छ। यस्ता कम्पनीकहरुको न्यून संख्यामा निष्काशन हुने शेयरले बजारको माग पूर्ति गर्न नसक्दा लघुवित्त कम्पनीहरुको शेयरमूल्य धितोपत्र बजारमा उच्च रहँदै आएको छ।

बजारमा शेयर संख्या कम हुँदा मूल्य बढाउन चलखेल गर्ने कारोबारीहरुले शेयर कर्नरिङ्ग गर्दा लघुवित्त कम्पनीहरु बीचमा पनि थोरै पूँजी हुने कम्पनीको शेयरमूल्य अझै उच्च रहने गरेको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।