देव विकास बैंकको बोनसपछि शेयरमूल्य समायोजन

Jun 23, 2019 11:30 AM Merolagani

देव विकाश बैंक (DBBL) को असार ८ गते नेप्सेमा शेयरमूल्य समायोजन भएको छ। बैंकले गत आवको कमाईबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको साढे ५ प्रतिशत बोनसको बुकक्लोजसँगै आइतबार शेयरमूल्य समायोजन भएको हो।

नेपाल स्टक एक्सचेञ्जले बैंकको बोनस पश्चात १३८ रुपैयाँ ३९ पैसा समायोजित शेयरमूल्य निर्धारण गरेको छ ।

समायोजित शेयरमूल्यलाई आधार मानेर बैंकको आइतबार बैंकको शेयर कारोबार खुलेको छ। 

समाचार तयार पार्दासम्म समायोजित शेयरमूल्यपछि बैंकको शेयर तीन रुपैयाँले बढेको छ ।

बैंकको गत १ सय ८० दिनको कारोबार अनुसार उसको औसत आधारमूल्य १५६ रुपैयाँ ५४ पैसा कायम भएको छ।

बैंकले बोनस वितरण तथा साधारणसभा प्रयोजनको लागि असार ६ गते शेयरधनीदर्ता किताबबन्द गरेको थियो। बुकक्लोजसँगै आइतबार कम्पनीको शेयरमुल्य समायोजन भएको हो ।देवः विकास बैंकले गत आवको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश र वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्तीसँग सम्बन्धित विभिन्न प्रस्ताव उपर छलफल गरि पारित गर्न अगामी असार १२ गते बिहीबार बाह्रों वार्षिक साधारण सभा आह्वान गरेको छ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २५ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चुक्ता पूँजी दुई अर्ब ५३ करोड ३६ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४३ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ९४ पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।