यससँगै प्रतिबन्धित कम्पनीहरूले अमेरिकाको विशेष अनुमति विना अमेरिकी कम्पनीसँग सामग्री खरीद गर्न पाउने छैनन्।
अमेरिकी सैन्य एप्लिकेशनमा सुपरकम्प्युटिङको काम गरिरहेका उक्त कम्पनी मुलुकको राष्ट्रिय सुरक्षाका लागि जोखिम रहेको भन्दै अमेरिकाले पाँच चिनियाँ समूहलाई उक्त सूचीमा समावेश गरेको हो ।
अमेरिकाको उक्त कदमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीयँ राष्ट्रपति शी जिनपिंग बीच आगामी हप्ता हुने भनिएको वार्ता प्रभावित हुनसक्ने बताइएको छ ।
अमेरिका–चीन व्यापार युद्ध जारी रहेको अवस्थामा अमेरिकाले चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्ने क्रम जारी छ।
अमेरिकाको कालोसूचीमा पर्ने चिनियाँ समूहमा सुकोन, वुसी चियाङनान इन्स्टिच्युट अफ कम्प्युटिङ टेक्नोलोजी, हिकोन, छेङतु हाइक्वाङ इन्टिग्रेटेड सर्किट र छेङतु हाइक्वाङ माइक्रोइलेक्ट्रोनिक्स टेक्नोलोजी छन् ।
गत मे महिनामा अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेईलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।
अहिले अमेरिका, चीन, यूरोपेली संघ (ईयू) र जापानले विशेष क्षमताको एक्साफ्लप क्यापेबल सुपरकम्प्युटर निर्माण गरिरहेका छन् ।
- एजेन्सीको सहयोगमा