अजोड इन्स्योरेन्सले आईपीओ निष्काशनको काम अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने

Jun 24, 2019 11:41 AM Merolagani

अजोड इन्स्योरेन्सले सर्वसाधारणमा निष्काशन गर्नुपर्ने ३० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्काशनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने भएको छ।

इन्स्योरेन्सले सो प्रस्ताव सहित अन्य ७ वटा प्रस्ताव राखेर यहि असार ३० गते सोमबार वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा दिउँसो ४ बजे कम्पनीको प्रथम वार्षिक साधारण सभा बोलाएको छ।

सभामा कम्पनी नियमावलीको नियम २४(२) मा संसोधन गर्ने तथा उक्त संसोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा नियामक निकायबाट आएको निर्देशन अनुरुप आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक शेयरधनीहरुको ततर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचन गर्ने, आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, एनएफआरएस प्रतिवेदन, सञ्चालकहरुको बैठक भत्ता वृद्धि तथा आव २०७५/०७६ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा साधारण सभामा रहेका छन्।

अजोड इन्स्योरेन्स गत वर्ष देखि मात्रै सञ्चालनमा आएको नयाँ निर्जिवन बीमा कम्पनी अजोड इन्स्योेन्सलेजारी पूँजीको ३० प्रतिशत हिस्सा सर्वसाधारणमा जारी गर्न बाँकी नै रहेको छ ।

बीमा समीतिले निर्जिवन बीमा कम्पनीले न्यूनतम एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ। हाल संस्थापकबाट ७० प्रतिशत हिस्सा बराबरको ७० करोड रुपैयाँ चुक्ता भैसकेको कम्पनीले ३० करोडको साधारण शेयर जारी गरेर बीमा समिति तोके अनुसारको चुक्ता पूँजी पुर्याउन लागेको हो ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।