मर्जरलाई बिवाहसँग तुलना गर्दै गभर्नरले भने - प्रेम गर्नुभएन, अब दबाब दिने हाे

Jun 24, 2019 01:56 PM merolagani

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीति बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान दबाब  दिने प्रकारको आउने संकेत गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर नेपालले मर्जरलाइ बिवाहसँग तुलना गदै र्बैंक तथा वित्तीय संस्थाहरूलाई सहमति (प्रेम) गरेर मर्जर (बिवाह) हुन समय दिँदा नमानेपछि दबाब दिनुको विकल्प नरहेको बताए ।

मर्जरमा जादा बैंकहरूलाई नै फाइदा हुने गभर्नरको भनाई छ। दुई चार वटा बैंक तथा वित्तिय सस्था मर्जर भएर एकै ठाँउबाट कारोबार गर्ने हो भने धेरैतिर चलाएमान हुने पूँजीको कारोबार एकै स्थानबाट हुने, बैंक तथा वित्तीय संस्थामा पूँजी वृद्धि हुँदा तरलताको समस्या हल हुने र अन्य प्राविधिक रूपमा लाग्ने खर्च पनि कटौति हुने हुँदा मर्जरमा जान जरूरी रहेको गभर्नर नेपालको तर्क छ ।

अन्तराष्ट्रिय रूपमा सक्षम व्यक्तिहरू राष्ट्र बैंकको अनुसन्धान टोलीमा रहेकाले राष्ट बैंकले ल्याउने नीतिले दीर्घकालीन रूपमा हीत गर्ने भएकाले कुनै शंका नपाल्न बैकर्सहरूलाई आग्रह गरे।

गभर्नरले केहिदिन भित्रै मौद्रिक नीति आउने हुँदा बैंकहरूलाई मर्जर वा एक्वीजिसनमा जान समय नभएकोले समय मै विचार गर्न आग्रह गरे। उनले समय घर्केपछि गुहार्ने सबै ढोका बन्द हुने भएकोले आफुहरूबीचमा प्रेम गरे रै भएपनि मर्जर प्रक्रियामा सामेल हुन आग्रह गरे ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।