एक अर्ब आकारमा सञ्चालन गर्न बीज पूँजी बापत एक करोड ५० लाख इकाई आरक्षण गरि ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएकोमा निष्काशनको सर्वसाधारणतर्फ ३४ प्रतिशत इकाई बिक्री नभएपछि योजनाको आकार घट्ने निश्चित भएको हो।
योजना व्यवस्थापक सिबिआईएल क्यापिटलका अनुसार १६ हजार ४२६ वटा आवेदनबाट प्रपतिइकाई दश रुपैयाँ अंकित दरमा ५५ करोड ९९ लाख ५५ हजार रुपैयाँ बराबरको ५ करोड ५९ लाख ९५ हजार ५०० इकाईको मात्र माग आवेदन परेको हो। यो सर्वसाधारणमा निष्काशन गरिएको ८ करोड ५० लाख इकाईको ६५.८८ प्रतिशत मात्र हो।
सिटिजन्स म्युचुअल फण्ड–२ को कूल १० करोड इकाई बिक्रीमा आएकोमा बीज पूँजी बापत एक करोड ५० लाख अर्थात कूल इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको थियो।
म्युचुअल फण्डमा आवेदन दिने अन्तिम दिन असार ८ गते आइतबार सम्म रहेको थियो। गत जेठ ९ गते बिहीबार देखि सिटिजन्स म्युचुअल फण्ड–२ ले प्रति इकाई मूल्य १० रुपैयाँको दरले दश करोड इकाई बराबरको एक अर्ब रुपैयाँ बराबरको फण्ड निष्काशनमा ल्याइएको थियो।
आगामी साता बाँडफाँड हुने उक्त म्युचुअल फण्डको इकाई सबै बिक्री नहुँदा योजनाको आकार कूल आकार करिब ३० प्रतिशतले संकुचन हुने देखिन्छ। उक्त फण्डको इकाई नेप्सेमा सूचीकरण पश्चात इकाईधनीले धितोपत्रको दोस्रो बजारमा बिक्री गर्न सक्नेछन्।