-याडिसन होटलद्धारा एस.ओ.एस बालग्राम सानोठिमीलाई आर्थिक सहयोग

Jun 24, 2019 04:05 PM Merolagani

पाँचतारे होटल -याडिसनले समाजिक उत्तरदायित्व अन्तर्गत एस.ओ.एस बालग्राम सानोठिमीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

-याडिसन होटल नेपाल होटलले विशेष गरी जिम्मेवार व्यवसायका लागि 'थिङक प्लानेट', 'थिङक कम्युनिटी', 'थिङक पिपुल' भन्ने सारमा अंग्रजी पात्रोको जुन महिनालाई सि.एस.आर महिनाको रुपमा मनाउँदै आएको छ। 

होटलले जुन १९ मा “मेक अ डिफरेन्स्” क्याम्पियन आयोजना गरेको छ। यो अक्टुवर २०१८ देखि सञ्चालन भएको कार्यक्रम हो।

यो कार्यक्रम विश्व भरिका -याडिसन होटल समुहका होटलहरुमा ६ महिनासम्म चलेको थियो जस अन्तर्गत प्रत्येक -याडिसन होटल समुहका होटलहरुले एस.ओ.एस बालग्रामलाई बिक्री भएको प्रतिकोठा एक डलरका दरले रकम उपलब्ध गराएको थियो।

सोही कार्यक्रम अन्तर्गत -याडिसन होटल, काठमाडौले पनि गत अक्टुवर, २०१८ देखि मार्च, २०१९ सम्म संकलित ९०१ अमेरेकी डलर एस.ओ.एस बालग्राम, सानोठिमीलाई प्रदान गरेको हो । 

होटलले एस.ओ.एस बालग्रामका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी होटलले “सपोर्ट टु स्पेशल चिल्ड्रेन्स् मोविलिटी”क्याम्पीयन अन्तर्गत ५ वटा ह्विल चेअर मस्तिष्क पक्षघात भएका वालवालिकाहरुको प्रयोगकालागि सेरेब्रलपाल्सी नेपाललाई प्रदान गरेको थियो। 

सो कार्यक्रममा निर्देशक पवन राजभण्डारीले -याडिसन होटल समूह विश्वभर जिम्मेवार व्यवसायको लागी परिचित भएको बताए । साथै उनले आगामी वर्षहरुमा पनि यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्घता व्यक्त गरे।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।