लघुवित्त कम्पनीहरुको शेयरमूल्य बढ्यो, करिब आधा अर्बको कारोबार

Jun 24, 2019 04:43 PM Merolagani

सोमबार कारोबारमा आएका अधिकांश लघुवित्त कम्पनीको शेयरमूल्य बढेको छ। मौद्रिक नीतिमा लघुवित्तहरुलाई मर्जरलाई जोड दिने नीति आउने गभर्नरले बताएपछि पछिल्ला केही साता यता लघुवित्त कम्पनीहरुको शेयरमूल्य बढ्न सकेको थिएन।

सोमबार कारोबार आएका अधिकांश लघुवित्त कम्पनीहरुको शेयरमूल्य बढेको छ । १७२ वटा कम्पनीको शेयर सोमबार कारोबारमा आउकोमा कूल ८८ कम्पनीको शेयरमूल्य बढ्यो। जसमा दुई दर्जन लघुवित्त कम्पनीहरुको शेयरमूल्य बढेको छ। उच्च शेयरमूल्य बढ्ने दश कम्पनीभित्र आठवटा लघुवित्त रहेका छन्।

सोमबार कारोबारमा आएका ११ सूचक मध्ये लघुवित्त सहित ७ उपसमूहको सूचक सकारात्मक बन्दा नेप्सेमा ५.७५ अंकको सुधार देखिएको छ। नेप्से सूचक १२६०.१० बिन्दुमा पुगेको छ भने ४८ करोड बढीको शेयर खरिद बिक्री भयो।

यस दिन १७३ कम्पनीका १५ लाख ४ हजार ६७२ कित्ता शेयर ४८ करोड १४ लाख रुपैयाँ बराबरमा किनबेच भए। सोमबारको कारोबार आइतबारको तुलनामा करिब ४ लाख रुपैयाँ मात्र कम हो । आइतबार ४८ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

कारोबारमा आएका ११ उपसमुहको सूचकमध्ये होटलको सूचक सबैभन्दा धेरै २६.५४ अंकले बढेको छ। यस्तै माइक्रोफाइनान्स १७.३८, अन्य ८.६९, हाइड्रोपावर ८.५६, उत्पादन तथा प्रशोधन ७.७४, वाणिज्य बैंक ४.३४ र फाइनान्स १.१ अंकले सकारात्मक देखिएका छन् ।

यता विकास बैंक उप समूहको सूचक सबैभन्दा धेरै २.५५ अंकले ओरालो लागेको छ । यस्तै निर्जीवन बीमा २.२२, जीवन बीमा ०.४ र म्युचुअल फण्डको सूचक ०.०३ अंकले ऋणात्मक रह्यो।

सोमबार शिवम सिमेन्टसको शेयर उच्च करोबार भएको छ । शिवमको ५ करोड १८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस्तै चिलिमे हाइड्रोपावर, नेपाल इन्भेष्टमेन्ट बेंकको संस्थापक शेयर, डिप्रोक्स लघुवित्त र नेपाल बैंकको २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

सोमबार जनउत्थान लघुवित्त र गणपति माइक्रोफाइनान्सको शेयरमूल्यका पोजेटिभ सर्किट लागेको छ।जनउत्थान लघुवित्त शेयरमूल्य सबैभन्दा धेरै ९.९१ प्रतिशतले बढेको छ। गणपति माइक्रोफाइनान्स शेयरमूल्य पनि ९.७८ प्रतिशतले सुधार भएको हो।

यस्तै चौतारी लघुवित्त, अरुण काबेली, स्वाभिमान लघुवित्त, स्वदेशी लघुवित्त स्वारोजगार लघुवित्त लगायतको शेयरधनीले सोमबारको कारोबारबाट कमाएका छन्।

यता मल्टिपर्पस फाइनान्सको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । मल्टिपर्पस फाइनान्सको शेयरमूल्य ९.६० प्रतिशतले घटेको हो। यस्तै उन्नति माइक्रोफाइनान्स, सिटी एक्सप्रेस फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर लगायतको शेयरधनीले सोमबारको कारोबारबाट गुमाएका छन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।