जनरल इन्स्योरेन्सको ४० औं शाखा कालिमाटीमा

Jun 24, 2019 05:12 PM Merolagani

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाण्डौको कालिमाटीमा शाखा विस्तार गरेको छ। निर्जीवन बीमा व्यवसायमा सक्रिय रहँदै आईरहेको जनरल इन्स्योरेन्सको यो ४० औं शाखा कार्यालय हो। 

नेपाल कम्युनिष्ट पाटी (नेकपा) का पोलिटव्यूरो सदस्य एंव संघीय संसदका सांसद तथा पूर्व स्थानीय विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले सो शाखाको उद्घाटन गरेका हुन्।

श्रेष्ठले सरकार आर्थिक समृद्धि र विकासलाई आत्मसाथ गर्दै अघि बढेकाले अब नेपाली बीमा व्यवसायको भूमिका पनि समृद्धिसँगै जोडिनुपर्ने बताए। श्रेष्ठले कम्पनीले उपलब्ध गराउने सेवा बेलैमा आत्मसाथ गर्नसके भैपरी आउन सक्ने जोखिमलाई कम गर्न सहयोग पुग्ने उल्लेख गरे।

कार्यक्रममा कम्पनीका अध्यक्ष कुनल क्यालले छोटो समयमा कम्पनीले आफ्नो नेटवर्कलाई देशभर पु¥याउन सफल भएको बताए। उनले उपत्यकाको ११ औं शाखाको रुपमा कालिमाटी शाखा रहेको र ६ वटा शाखा महिला कर्मचारीको नेतृत्वमा सञ्चालन भएको जानकारी दिए।

प्रमुख कार्यकारी अधिकृत एस.के.तमोटले आगामी आर्थिक वर्षाभित्र शाखा सञ्जाल संख्या ६० पुयाउने र अधिकृत पूँजी एक अर्ब पुयाउने बताए।

हाल कम्पनीले ट्राभल, मेडिकल इन्स्योरेन्स, मोटर बीमा, स्वास्थ्य बीमा, पैसाको बीमा, माइक्रो, क्याटल, अन्नबालीको बीमा र घर तथा अर्पाटमेन्टको बीमा गर्दै आएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।