सनराइज बैंकको किञ्जा र शिवालयमा शाखा विस्तार

Jun 24, 2019 05:25 PM Merolagani

सनराइज बैंकले आफ्नो थप दुइ शाखा विस्तार गरेको छ। सोलुखुम्बुस्थित किन्जामा १०८ औँ र रामेछाप स्थित शिवालयमा १०९ औँ शाखा रुपमा बैंकको थप शाखा सञ्चालनमा आएको हो ।

आषाढ ८ गते आइतबार सोलुखुम्बु लिकुपिके नगरपालिकाका मेयर डम्बर बहादुर बस्नेतले किन्जा शाखाको र आसार ९ गते रामेछापको गोकुल गंगा गाँउपालिकाका मेयर खड्क बहादुर सुनुवारले शिवालय शाखाको उद्घाटन गरेका हुन् ।

आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा सञ्चालन गर्दै आइरहेको जनाएको छ।

यससँगै बैंकको शाखा संख्या १०९ वटा पुगेको छ । बैंकले नेपालभर ३५ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु सञ्चालन गर्दै जाने योजना रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।