नेप्सेमा ४० लाख १४ कित्ता हकप्रद शेयर सूचीकरण

Jun 24, 2019 05:35 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  मा असार ९ गते सोमबार ४० लाख १४ हजार ६५१ दशमलव ५८ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ। 

नेपाल इन्स्योरेन्सले जारी गरेको चुक्ता पूँजीको ६५ प्रतिशत बराबरको हकप्रद शेयर कारोबारका लागि सूचीकरण गराएको हो।

गत फागुन २१ गतेदेखि चैत २५ गतेसम्म नेपाल इन्स्योरेन्सले दश बराबर ६.५ कित्ता अनुपातमा हकप्रद शेयर बिक्री भएको थियो। 

हकप्रद शेयर सूचीकरणसँगै कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुगेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।