प्रभु बैंकको आरुघाट शाखा, धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिमा

Jun 24, 2019 06:33 PM Merolagani

प्रभु बैंकले धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा असार ९ गते सोमबारदेखि आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाले आरुघाट शाखा कार्यालयको उद्घाटन गरेका छन्।

संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा शाखा कार्यालय सञ्चालनमा ल्याएर बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाँउमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा प्रभु बैंक अग्रसर भएको छ।

आरुघाट शाखाबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित भई सो क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ विश्वास बैंकले लिएको छ।

आरुघाट शाखा समेत गरी बैंकले हालसम्म १८६ वटा शाखा, १४६ वटा एटीएम तथा २३ वटा एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आइरहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।