गणपति माइक्रोफाइनान्सको ९ कारोबार दिनमा ६६ प्रतिशतले बढ्यो शेयरमूल्य

Jun 24, 2019 06:34 PM Merolagani

नेपाल स्टक एक्सचेञ्जमा जेठ २३ गतेदेखि पहिलो कारोबार भएको गणपति माइक्रोफाइनान्सको शेयरमूल्य ९ कारोबार दिनमा ६५.८२ प्रतिशतले बढेको छ।

जेठ २३ गते प्रति कित्ता २३७ रुपैयाँमा पहिलो १० कित्ता कारोबार भएकाे माइक्रोफाइनान्सको ९ कारोबार दिनमा १५६ रुपैयाँले बढेर ३९३ रुपैयाँ पुगेको छ।

गणपति माइक्रोफाइनान्सको मूल्य शेयर कारोबार खुलेदेखि नै निरन्तर बढ्दै आइरहेको छ । लघुवित्तको शेयरमूल्यमा पछिल्लो दुई दिन सर्किट लागेको छ। यस अवधिमा दुई पटक असार ८ र ९ गते माइक्रोफाइनान्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो।

यसअघिका अन्य ७ कारोबार दिनमा पनि लघुवित्तको शेयरमूल्य औसतमा ५ प्रतिशतले बढेको छ। सुरुका दिनमा निकै न्यून कारोबार भएको लघुवित्तको आइतबार भने सबैभन्दा धेरै एक लाख ९६ हजार ९०० रुपैयाँको शेयर खरिद बिक्री भएको छ।

माइक्रोफाइनान्सले बैशाख ९ देखि १२ गतेसम्म जारी पूँजीको ३२.३० प्रतिशत अर्थात प्रतिकित्ता १०० रुपैयाँ दरमा कूल ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो। सो आइपीओ बैशाख २० गते बाँडफाँड भई नेप्सेमा जेठ ३ गते कारोबारका लागि सूचीकृत भई जेठ ५ गते कारोबार खुला भएको थियो। तर लघुवित्तको शेयर १८ दिनपश्चात मात्र १० कित्ता कारोबार भएको थियो।

आईपिओ निष्काशन पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी १० करोड २५ लाख रुपैयाँ पुगेको छ।


comments powered by Disqus

नेप्सेमा सुचीकृत ८२ कम्पनीको कारोबार रोक्का, ठूला कम्पनीले नै तिर्दैनन् नविकरण शुल्क

Oct 18, 2019 06:00 PM

नेपाल स्टक एक्सचेन्जले ८२ कम्पनीको शेयर कारोबर रोक्का गरेको छ । नेप्सेमा सुचीकृत कम्पनीले बार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएपछि शेयर कारोबार रोक्का भएको हो ।