नेरुडे लघुवित्तको संस्थापक शेयरको लिलामी बिक्री खुल्यो

Jun 25, 2019 11:24 AM Merolagani

नेरुडे लघुवित्तले असार १० गते मंगलबारदेखि १ लाख १० हजार कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको छ।

कम्पनीले बिक्रीमा ल्याएको संस्थापक शेयरमा नेरुडे लघुवित्तका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन गर्न पाउनेछन्।

लघुवित्तको शेयर खरीद गर्न चाहाने लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १९६ रुपैयाँ अंकित गरी प्रतिस्पर्धात्मक मूल्यमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

लघुवित्तको साधारण शेयर धितोपत्रको दोस्रो बजारमा असार १० गते प्रतिकित्ता ४९५ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ । 

लघुवित्तको शेयरमा न्यूनतम सय कित्ता देखि अधिकतम सबै कित्ता शेयर खरीदको लागि आवेदन दिन सकिनेछन्। लगानीकर्ताले कम्पनीको शेयर खरीदका लागि बिक्रीप्रबन्धक सिभिल क्यापिटल मार्फत असार १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

लिलामी शेयरमा परेको बोलपत्र असार १८ गते बुधबार बिक्री प्रबन्धकको कार्यलयमा खोलीने कम्पनीले जनाएको छ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।