डाेल्पाका चार स्थानीय तहमा अझै बैंक पुगेनन्

Jun 25, 2019 01:49 PM rss

डोल्पाको चार स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा दैनिक कारोवार सदरमुकाम दुनैबाट हुँदै आएको छ । स्थानीय सरकार गठन भएको करीब दुई वर्ष पूरा हुन लाग्दासम्म डोल्पाका डोल्पोबुद्ध गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिका गरी चार वटा गाउँपालिकामा तोकिएका बैंकले अझै आफ्ना शाखा स्थापना नगर्दा दैनिक कारोवारका लागि सदरमुकाम बस्नुपरेको हो ।

डोल्पो बुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकाका लागि राष्ट्रिय वाणिज्य बैंकलाई तोकिएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा प्रभु बैंक, काइके गाउँपालिकामा नेपाल बैंकको शाखा विस्तार गर्ने भनिएको छ । सुरक्षाको कारण देखाउँदै बैंक उपल्लो डोल्पाका नमानेको स्थानीय सरकारको प्रमुखले बताएका छन् । बैंक स्थापनाका लागि बारम्बार ताकेता गर्दा बैंकले साल्दाङमा स्थायी प्रहरी चौकी नबसुन्जेलसम्म बैंकको शाखा स्थापना गर्न नसकिने जवाफ दिएको शे–फोक्सुण्डो गाउँपालिका–८ पुग्मका आङबहादुर लामाले बताए ।

शे–फोक्सुण्डो गाउँपालिकामा साउनभित्र बैंकको शाखा स्थापना गर्ने प्रभु बैंकसँग सहमति भएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले बताए। राष्ट्रिय वाणिज्य बैंकले पनि डोल्पोबुद्ध गाउँपालिकाको धो र छार्का ताङसोङ गाउँपालिकाको छार्कामा बैंक स्थापनाका लागि अध्ययन गर्न जेठ दोस्रो हप्तातिर बैंकको टोली पठाएको थियो । धो पुगेको उक्त टोलीका सदस्यलाई लेक लागेर उद्धार गरी झार्नु परेपछि ती गाउँपालिकामा बैंक स्थापनाको काम झनै अन्योल बनेको डोल्पोबुद्ध गाउँपालिकाले बताएको छ ।

डोल्पाका आठ स्थानीय तहमध्ये हालसम्म चार वटा स्थानीय तहमा मात्र बैंक स्थापना भई सञ्चालन भएका छन् । ठूलीभेरी नगरपालिकामा नेपाल बैंक लिमिटेड पहिले नै सञ्चालनमा थियो भने त्रिपुरासुन्दरी नगरपालिकामा माछापुच्छे« बैंक, जगदुल्ला गाउँपालिकामा नेपाल बैंक लिमिटेड र मुड्केचुला गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक स्थापना भएर काम भएका छन् ।

बैंक स्थापना नभएका स्थानीय तहको काम हप्ता लगाएर अझै जिल्ला सदरमुकाम दुनै आएर काम गर्नुपर्दा निकै सास्ती खेप्नुपरेको स्थानीयले बताएका छन् । सङ्घ र प्रदेशबाट आएका विकास निर्माण तथा स्थानीय तहका सम्पूर्ण आर्थिक गतिविधि सञ्चालनका सदरमुकाम दुनै आउनु पर्दा समस्य मात्र भएको छैन, जाँदा सुरक्षाको चुनौतीसमेत थपिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।