सरकारले गर्दैछ दैनिक तीन अर्ब पूँजीगत खर्च, बैंकमा लगानीयोग्य रकम भने घट्यो

Jun 25, 2019 05:59 PM Tirtha Raj Poudyal

चालु आर्थिक वर्ष सकिन तीन साता बाँकी रहँदा सरकारले दैनिक तीन अर्ब बढीको पूँजीगत खर्च गर्न थालेको छ। सरकारले यतिको खर्च गरिरहँदा बैंकिङ्ग प्रणालीमा भने लगानीयोग्य तलरलता रकम भने घटेको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार दैनिक तीन अर्ब बढीको पूँजीगत खर्च भएको छ। कार्यालयको अनुसार असार ८ गतेसम्म आइतबार एक खर्ब ५७ अर्ब ७३ करोड ८१ लाख रुपैयाँ पूँजीगत खर्च गरेको सरकारले असार ९ गते एकै दिनमा तीन अर्ब ३७ करोड ४१ लाख खर्च गरेको छ।

असार ९ गतेसम्म पूँजीगत शिर्षकमा विनियोजन भएको तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख बजेटको ५०.२४ प्रतिशत अर्थात एक खर्ब ६१ अर्ब ११ करोड २२ लाख रुपैयाँ पूँजीगत खर्च भएको महालेखा नियन्त्रकको तथ्याङ्क छ।

सरकारले चालु र पूँजीगत गरि दैनिक औसत ६ अर्ब बढीको दैनिक सरकारी खर्च गरिरहेको छ। जसमा पूँजीगत खर्च मात्रै तीन अर्ब बढीको खर्च देखिएपनि बैंकिङ्ग प्रणालीमा भने तरलता घटेको छ।

राष्ट्र बैंकको अनुसार असार ८ गते सोमबारसम्म बैंकिङ्ग प्रणालीमा २९ अर्ब बढीको अधिक तलरता रहेको छ। असार ४ गते यस्तो रकम ३८ अर्ब रुपैयाँ रहेको थियो। सरकारी खर्च वृद्धिको बाबजुत बैंंक तथा वित्तीय संस्थाहरुमा तरलता रकम भने घटेको छ । पाँच दिनमा बैंकिङ्क प्रणालीमा ९ अर्बले तरलता घटेको हो।

केन्द्रीय बैंकको अनुसार हालसम्म बैंक तथा वित्ती संस्थाहरुले कूल ३२ खर्ब २४ अर्ब निक्षेप संकलन गरेका छन् भने लगानीमा रहेको कर्जा २८ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ। केन्द्रीय बैंकमा ७३ अर्बको नगद मौज्दात सञ्चित रहेको छ। बैंकहरुको औसत कर्जा निक्षेप अनुपात झरेर ७७ प्रतिशत र अन्तर बैंक ब्याजदर घटेर ६.४० प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार ९ गतेसम्म चालुतर्फ विनियोजिन भएको ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ बजेटको ७४.८९ प्रतिशत अर्थात ६ अर्ब ३३ अर्ब १४ करोड १९ लाख रुपैयाँ रकम खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

यसैगरि वित्त तर्फ कूल एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख बजेट विनियोजिन भएकोमा आसार ९ गतेसम्म ४४.८४ प्रतिशत अर्थात ६९ अर्ब ८३ करोड ७ लाख रुपैयाँ रकम खर्च भएको छ।

चालु आव सकिन तीन साता बाँकी रहँदा सरकारले खर्चको ७४ प्रतिशत मात्र राजश्व संकलन गरेको छ। चालु, पूँजीगत र वित्त सबै गरि ८ खर्ब ६४ अर्ब ८ करोड ४९ लाख खर्च गरेको सरकारले ६ खर्ब ४२ अर्ब १० करोड ८३ लाख रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।