मंगलबार नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सबैभन्दा धेरै २ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
यसैगरि प्रभु बैंकको २ करोड २८ करोड, शिबम् सिमेन्टस, नेपाल बैंक, सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर, कैलाश विकास बैंक, कृषि विकास बैंक र एनआईसी एशिया बैंकको पनि एक करोड रुपैयाँभन्दा बढीको शेयर खरिद बिक्री भयो । मंगलबार उच्च कारोबार गर्ने १० कम्पनीमध्य ६ वटा वाणिज्य बैंक रहेका छन्।
सोमबार पनि गणपति माइक्रोफाइनमान्सको शेयमूल्यमा पोजेटिभ सर्किट लागेको छ । लघुवित्तको शेयरमा तेस्रो कारोबार दिन सर्किट लागेर प्रतिकित्ता शेयरमूल्य ४३२ रुपैयाँ पुगेको छ । यस दिन माइक्रोफाइनान्सको शेयरमूल्य ३९ रुपैयाँले बढेको हो।
यस्तै जनउत्थान सामुदायिक लघुवित्त ७.५६ प्रतिशत, लक्ष्मी लघुवित्त र युनिलिभर नेपालको शेयरमूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको छ । मिथिला लघुवित्त, नयाँ नेपाल लघुवित्त र सामुदायिक लघुवित्तको शेयरमूल्यमा पनि ३ प्रतिशतभन्दा धेरैले सुधार आएको छ। उच्च रुपले शेयरमूल्य बढ्ने १० कम्पनीमा ८ वटा लघुवित्त रहेका छन्।
मंगलबार मल्टिपर्पस फाइनान्सको शेयरमूल्यमा भने नेगेभिट सर्किट लागेको छ । ८६५ प्रतिशत हकप्रद बिक्री गर्न लागेको फाइनान्सले बुधबार बुकक्लोज गर्दैछ । कारोबारीले उचालेर माथि पुर्याएको मूल्यमा शेयर फ्याँदा फाइनान्सको शेयरमूल्य दोस्रो कारोबार दिनमा पनि करिब १० प्रतिशतले घटेको छ । त्यस्तै राधी विद्युत कम्पनीको साढे ५ प्रतिशत, गुँरास लघुवित्त र अरुण काबेली हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले तल झरेको छ ।
मंगलबार कारोबारमा आएका १२ उपसमुहको सूचकमध्ये ६ वटा उपसमुहको सूचक सकारात्मक देखिएका छन् भने ६ वटा उपसमूह नकारात्मक देखिएका छन्। यस दिन होटल समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले तल झर्दा उत्पादनमूलक उपसमूहको सूचक ०.७४ अंकले बढेको छ ।
मंगलबार नेप्से ०.८ प्रतिशत अर्थात ०.९६ अंकले बढेर १२६१.०७ बिन्दुमा बन्द भएको छ ।