काठमाडौँ महानगरको बजेट पन्ध्र अर्ब पचास करोड

Jun 26, 2019 10:41 AM RSS

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि १५ अर्ब ५० करोड ७० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

महानगरको नगरसभाको पाँचौँ अधिवेशनको मंगलबार दोस्रो बैठकमा उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले चालू आव २०७५/०७६ को भन्दा १९ प्रतिशत बढी बजेट प्रस्तुत गरेकी हुन्। चालू आवमा १३ अर्ब दुई करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।

आन्तरिक आयतर्फ काठमाडौँ महानगरपालिकाको आफ्नै स्रोतबाट सात अर्ब ५६ करोड ६ लाख ३७ हजाररुपैयाँ प्रस्ताव गरिएको छ । जुन कूल बजेटको ५२ दशमलव ५८ प्रतिशत हो । बाह्य स्रोतबाट चार अर्ब १८ करोड ९० लाख रुपैयाँ, महानगरको नाममा बैँकमा रहेको मौज्दातबाट दुई खर्ब ६२ करोड ९० लाख ९७ हजार रुपैयाँ तथा महानगरअन्तर्गतका आयोजनाबाट एक अर्ब १२ करोड ८२ लाख ७० हजार रुपैयाँ रहेको छ ।

यसैगरी बजेटको व्ययतर्फ पूँजीगत खर्च एक अर्ब ५५ करोड ३५ लाख, तलब पारिश्रमिक र सुविधा खर्च एक अर्ब ४१ करोड ५ लाख, कार्यालय सञ्चालन खर्च ५९ करोड ४३ लाख ५० हजार, पूर्वाधार सुधार तथा अन्य विकास खर्च सात अर्ब ४३ करोड ९७ लाख ९२ हजार, सशर्त अनुदानबाट पूँजीगत खर्च तीन अर्ब ३८ करोड ६ लाख र जग्गा एकीकरण आयोजनातर्फ एक अर्ब १२ करोड ८२ लाख ७० हजार रुपैयाँ रहेको छ ।

दोस्रो बैठक सञ्चालन गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले उप–प्रमुख खड्गीलाई बजेट प्रस्तुत गर्न निर्देशन दिएका छन्। बजेटमा शिक्षातर्फ एक अर्ब ३४ करोड ९० लाख ५० हजार, सामाजिक विकास कार्यक्रमतर्फ एक अर्ब ५२ करोड १५ लाख ९० हजार, जनस्वास्थ्य सेवा कार्यक्रमतर्फ १२ करोड ३५ लाख ८२ हजार तथा प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ पाँच करोड चार लाख ७७ हजार विनियोजन गरिएको छ।

  • ‘मेयर उज्यालो’ कार्यक्रम

बजेटमा सडकको मुख्य मुख्य चोकमा ‘मेयर उज्यालो’ कार्यक्रम सञ्चालन गर्ने कुरा उल्लेख छ। ‘मेयर उज्यालो’ कार्यक्रम अन्तर्गत ‘हाइमास’ बत्ती जडान गर्ने कार्यक्रम रहेको बजेटमा उल्लेख गरिएको छ ।

यस्तै सडक चोकमा ‘फ्लाई ओभर, आकाशे पुल, महानगर ज्येष्ठ नागरिक अस्पताल, बालाजु बाइसधारा उद्यानको आधुनिकीकरण, महानगरका क्षेत्रबाट सङ्कलन गरिने फोहरबाट ऊर्जा उत्पादन, नदीहरुको शुद्धीकरण गर्नेलगायत योजना उप–प्रमुख खड्गीले बजेटमा समेट्नु भएको छ।

आगामी आवको बजेटमा महानगरपालिकाको केन्द्रीय कार्यालय भवन निर्माण, भर्टिकल पार्किङका लागि भवन निर्माण, पर्यटन पदमार्ग, कोटेश्वर–तीनकुने बुद्ध पार्क निर्माण, मेगा हल निर्माण, मोनो रेल लगायत योजना समेटिएको छ।

आगामी आवमा शहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम, महानगरस्तरीय एकीकृत सीप विकास प्रतिष्ठान निर्माण तथा सञ्चालनमा ल्याइने उल्लेख छ। महानगरले आगामी आवलाई अभियानका रुपमा सम्पदा संरक्षण तथा संवद्र्धन र पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास वर्षको रुपमा सञ्चालन गर्न बजेट विनियोजन गरिएको उप–प्रमुख खड्गीले जानकारी दिए।

मंगलबार बैठकमा महानगर प्रमुख शाक्यले आर्थिक विधेयक–२०७६ र महानगरपालिका विनियोजन विधेयक–२०७६ समेत प्रस्तुत गरेका थिए। नगरसभा असार ५ गतेदेखि राष्ट्रिय सभागृहमा जारी छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।