दूधकोशी जलविद्युत् आयोजनामा लगानी गर्न ऊर्जामन्त्री पुनको चीनलाई आग्रह

Jun 26, 2019 10:41 AM Merolagani

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दूधकोशी जलविद्युत् आयोजनामा लगानी गर्न चीन सरकारलाई आग्रह गरेका छन्। आफूसँग शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग मन्त्री पुनले सो आग्रह गरेका हुन्।

विश्व बैंकले ५०० मिलियन अमेरिकी डलर लगानी गर्ने तयारी गरेको गरिरहेको दूधकोशी जलविद्युत् आयोजना सम्पन्न गर्नका लागि केही रकम अपुग भएकोले राजदूतसँगको भेटमा मन्त्री पुनले चिनियाँ सहयोगको मागेका हुन्।

चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा उनले सरकारको नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा थप लगानी गर्न चीन सरकारलाई आग्रह गरेका छन् ।

मन्त्री पुनले सरकारले ऊर्जा क्षेत्रको विकास र बजार विस्तारका लागि पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा थप लगानीको पहल गरिदिन आग्रह गरे। उनले सरकारले जलविद्युतको लागि भारत र बङ्गलादेशमा बजारको पहल भइरहेको बताए।

“नेपालको जलविद्युत् क्षेत्रमा नयाँ सम्भावना छ, लगानी र बजार विस्तारका लागि हामी पहल गरिरहेका छौँ, भारत र बङ्गलादेशसँग समेत यसबारेमा छलफल भइरहेको छ। त्यसमा चिनियाँ लगानीकर्ताको सकारात्मक सहयोग आवश्यक छ”, मन्त्री पुनले भने।

चिनियाँ लगानीकर्ता र निर्माण कम्पनीले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडिको कारणबारे पनि जिज्ञासा राखेका थिए।

जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनिले भोगेका समस्याका बारेमा जानकारी गराउँदै त्यसबारेमा आफूले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताएका थिए।

मन्त्री पुनले राजदूतलाई भने “चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन् । हाम्रोमा किन गर्न सकिरहेका छैनन् । समस्या के हो जसका कारण काममा ढिलाइ भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौँ, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौँ ।”

भेटमा राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्न पहल गरिरहेको जानकारी दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवालयले जनाएको छ ।

उनले नेपालको जलविद्युत् क्षेत्रमा १४ चिनियाँ कम्पनीले २४ वटा आयोजना रहेको जानकारी समेत दिए। चिनियाँ कम्पनीले निर्माण गरिरहेका परियोजनामा प्रवेशाज्ञा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण लगायतका समस्या भोगिरहेको राजदूतको भनाइ थियो ।

भेटमा राजदूत यान्छीले नेपालमा हालस्थिर सरकार रहेको र अरू चार वर्ष सरकारसँग समय रहेको भन्दै यो अवधिमा नेपालले बढीभन्दा बढी उपलब्धि हासिल गर्छ भन्नेमा आफू आशावादी रहेको बताएका थिए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।