सुन ताेलामा ५ सय रूपैँया सस्तियाे

Jun 26, 2019 11:44 AM merolagani

मंगलवार प्रति तोला ६५ हजार ५ सय पुगेर रेकर्ड बनाएको सुनको भाउ बुधवार पाँचसय रूपैयाँले सस्तिएको छ । बुधबार सुन तोलाको ६५ हजार रूपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन तोलको ६४ हजार ७ सय रूपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै चाँदी आज तोलामा ५ रूपैयाँ घटेर ७ सय ३५ रूपैयाँमा कारोबार भैरहेको छ ।

इरान र चीनसँग अमेरिकाकाे व्यापारिक तनाव बढेपछि अन्तराष्ट्रिय बजारमा सुन महँगिएकाे हाे ।  त्यसको असर नेपालमा पनि देखिएको छ। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।