गणपुरक संख्या नपुगेपछि तामाकोशीको साधारण सभा स्थगित

Jun 26, 2019 12:01 PM Tirtha Raj Poudyal

माथिल्लो तामाकोशी हाइड्रोपावरको बुधबारको साधारण सभा स्थगित भएको छ। साधारण सभाका लागि चाहिने गणपुरक संख्या नपुगेपछि साधारण सभा स्थगित भएको हो।

कम्पनी नियमावली अनुसार साधारण सभाका लागि चाहिने संख्या अपुग भएपछि साधारण सभा स्थगित गरिएको हो। सातापछि अर्को साधारण सभा आह्वान गरिने सूचना प्रकाशन गरिने बताइएको छ ।

कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान मा डाकिएको ११ औँ वार्षिक साधारणसभामा सर्वसाधारण ४ जना सञ्चालककोे निर्वाचन सहित सञ्चालक समितिका अध्यक्षले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका एजेण्डा रहेको थियो। 

यसअघि विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले पनि अपर तामाकोशी जलविद्युत आयोजना र जिल्ला समन्वय समितिलाई बोधार्थ पत्र लेख्दै साधारण सभा रोक्न माग गरेका थिए।

पत्रमा  राष्ट्रिय गौरवको आयोजनाका लागि आवश्यक पर्ने हरेक समस्याको समाधानको लागि पुलको काम गर्दै आएकोमा जलविद्युत कम्पनीले भने गाँउपालिकालाई औपचारिक रुपमा लिखित जानकारी नगराई साधारण सभा गर्न लागेकोमा दुख ब्यक्त गरेकाे छ । साथै पत्रमा गाउँपालिकाले साधारण सभाको ३ दिन अगाडि मात्रै  मौखिक रुपमा जानकारी पाएकाले  साधारणसभा रोक्न आग्रह गरिएकाे छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।