नेपाल एग्रो लघुवित्तको शेयर खरीदमा अत्याधिक चाप आउँदा मूल्यमा सर्किट

Jun 26, 2019 12:53 PM merolagani

नेपाल एग्रो लघुवित्तको शेयरमा लगानीकर्ताको अत्याधिक आकर्षण देखिएको छ । कम्पनीको शेयरमा अत्याधिक खरीद चाप पर्दा बजार खुलेको केहि समयमा नैै लघुवित्तको शेयर मूल्य झण्डै दश प्रतिशतले बढेपछि सर्किट लागेको छ ।

बजार खुलेको केहि समयमानै कम्पनीको शेयरमूल्य ९.९५ प्रतिशत अर्थात ४२ रुपैयाँले बढेर प्रतिकित्ता ४६४ रुपैयाँ पुगेको छ ।

पौने १ बजे कम्पनीको मार्केट डेप्थ हेर्दा १२ हजार २ सय कित्ता शेयर खरीदको माग देखिएको छ भने लगानीकर्ताले शेयर बिक्रीको लागि कुनै अर्डर राखेका छैनन् ।

कम्पनीको शेयरको अत्याधिक माग रहेको बेला शेयर बिक्रीको लागि कुनै लगानीकर्ता नआउदा कम्पनीको शेयरमा सर्किट लागेर झण्डै १० प्रतिशतले बढेको हो । कम्पनीले केहि महिना अघि आइपिओ जारी गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।