कृषि विकास बैंकले निक्षेपको ब्याज बढाएर कर्जाको घटायो

Jun 26, 2019 01:17 PM merolagani

कृषि विकास बैंक (ADBL) ले निक्षेपको ब्याज बढाएर कर्जाको घटाएको छ । बैंकले लिदै आएको साविक कर्जाको व्याजदर एक प्रतिशतले घटाएको छ भने निक्षेपमा एक प्रतिशत ब्याज थप गरेको जनाएको छ ।

बैंकले आफ्ना ग्राहकको चाहना र सन्तुष्टिलाई ध्यानमा राखेर ब्याजदर परिमार्जन गरेको जनाएको छ ।

बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जन गुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी ब्याजदर परिवर्तन गरिएको बैंकको भनाई छ ।

बैंक संचालक समितिले यहि असार ५ गतेदेखि लागू हुनेगरी कर्जाको व्याजदर घटाएर निक्षेपको बढाएको बैंकका प्रबक्ता तथा सूचना अधिकारी हिमलाल पौडेलले जानकारी दिए । 

बैंकले निक्षेपमा ६.५० प्रतिशत देखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । त्यस्तै कर्जामा न्यूनतम १०.७६ प्रतिशतदेखि अधिकतम १४.५० प्रतिशतसम्म ब्याज लिँदै आएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।