माथिल्लो तामाकोशीको साधारण सभा स्थगन भएपछि के भन्छन् कुलमान ?

Jun 26, 2019 02:38 PM merolagani

माथिल्लो तामाकोशी हाइड्रोपावरको बुधबारको साधारण सभा स्थगित भएपछि संचालक समितिका अध्यक्ष तथा विद्युत प्रतिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले कम्पनीको नियमावली संशोधन गर्नुपर्ने बताएका छन् ।

गणपुरक संख्या नपुगेर साधारण सभा स्थगन गर्नुपरेपछि शेयरधनीहरुसंग माफी माग्दै उनले कम्पनीको नियमावली नै संशोधन गर्नुपर्ने बताएका हुन् ।

उनले भने, 'कम्पनीको नियमावली अनुसार ६७ प्रतिशत गणपूरक संख्या पुग्नु पर्ने प्रावधान छ । त्यसले गर्दा गणपुरक संख्या पुर्याउन गह्रो भैरहेको छ । कम्पनीको नियमावली संशोधन गर्नुपर्ने बेला भएको छ ।’ कम्पनीको नियमावली संशोधन नगरेसम्म कहिल्यै पनि साधारण सभा संचालन गर्नै नसकिने अध्यक्ष घिसिङको भनाई छ ।

कम्पनी नियमावली अनुसार साधारण सभाका लागि चाहिने गणपुरक संख्या अपुग भएपछि साधारण सभा स्थगित भएको हो । एक सातापछि अर्को सुचना प्रकाशन गरेर साधारण सभा आह्वान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार साधारण सभाको लागि ५६ प्रतिशत मात्रै गणपुरक संख्या पुगेको थियो ।
यसअघि पनि आयोजना निमार्ण स्थाल विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले माथिल्लो तामाकोशी जलविद्युत आयोजना र जिल्ला समन्वय समितिलाई बोधार्थ पत्र लेख्दै साधारण सभा स्थगन गर्न माग गरेका थिए ।

राष्ट्रिय गौरवको आयोजनाका लागि आवश्यक पर्ने हरेक समस्याको समाधानको लागि पुलको काम गर्दै आएकोमा जलविद्युत कम्पनीले भने गाँउपालिकालाई औपचारिक रुपमा लिखित जानकारी नगराई साधारण सभा गर्न लागेकोमा दुख ब्यक्त गर्दै साधारणसभा रोक्न माग गरेको थियो ।

गाउँपालिकालाई साधारण सभाको ३ दिन अगाडि मात्रै मौखिक रुपमा जानकारी पाएको उल्लेख छ ।

कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान मा डाकिएको ११ औँ वार्षिक साधारणसभामा सर्वसाधारण समुहको तर्फबात ४ जना सञ्चालककोे निर्वाचन गर्ने तयारी गरेको थियो ।

यस्तै संचालक समितिका अध्यक्षले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाब छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका एजेण्डा रहेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।