हिमालयन डिष्टिलरीले उचाल्यो शेयर कारोबार, नेप्से सूचक १२५८ अंकमा झर्यो

Jun 26, 2019 03:58 PM merolagani

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सुस्त देखिए पनि कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिन मंगलबार ३६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ५७ करोड रुपैयाँ बढीको शेयर किनबेच भयो ।

बुधबार हिमालयन डिष्टिलरीको मात्रै १९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो भने नेपाल बैंकको पनि ४ करोड रुपैयाँ भन्दा बढिको शेयर किनबेच भयो ।

त्यसैगरी प्रभु बैंक र आइएमई जनरल इन्स्योरेन्सको संस्थापक शेयरको २ करोड रुपैयाँभन्दा बढिको शेयर कारोबार हुँदा प्रिमियर इन्स्योरेन्स, सानिमा बैंक, र शिवम सिमेन्टस्को पनि १ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भयो ।

बुधबार कारोबारमा आएका १२ उप समुह मध्ये ४ वटा उपसमुह सकारात्मक देखिए भने अन्य ८ वटा उपसमुह नकारात्मक देखिएका छन । सो दिन हाइड्रोपावर उपसमुहको सुचक सबभन्दा धेरै ०.४८ प्रतिशतले तल झर्यो ।

बुधबार नेपाल एग्रो लघुवित्तको शेयरको अत्याधिक माग हुदा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । सो दिन लघुवित्तको शेयर मूल्य झण्डै १० प्रतिशत अर्थात ४२ रुपैयाँले बढेर ४६४ रुपैयाँपुगेको छ ।

त्यसैगरी आइएमई जनरल इन्स्योरेन्स र पाँचथर पावर कम्पनीको शेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढ्यो भने स्वाबलम्बन लघुवित्त, अरुण कावेली र कालिका पावर कम्पनीको शेयर मूल्य पनि ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन गुँरास लघुवित्तको शेयरमुल्य सबैभन्दा धेरै ६ प्रतिशत अर्थात २८ रुपैयाँले घटेको छ । त्यस्तै आशा लघुवित्तको शेयर मूल्य ४ प्रतिशतले तल झर्यो छ भने सिद्धार्थ इन्स्योरेन्सको शेयर मूल्य पनि ३ प्रतिशतले तल झरेको छ । सो दिन अन्य ७ वटा कम्पनीको शेयर मूल्य २ प्रतिशतभन्दा बढिले घटेको छ ।

बुधबार कारोबारमा आएका धेरैजसो कम्पनीहको शेयर मूल्य घट्दा नेप्से परिसूचक २.७८ अंकले घटेर १२५८.२९ विन्दुमा कायम रह्यो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।