नेपाल क्लियरिङ्ग हाउसकोे अध्यक्षमा नरेश शाक्य

Jun 26, 2019 04:33 PM Merolagani

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुद्धारा प्रर्वद्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्ष पदमा नरेश शाक्य सर्व–सम्मत रुपमा चयन भएका छन्।

नेपाल क्लियरिङ्ग हाउसको १२८ औं सञ्चालक समितिको बैठकबाट नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक रहेका शाक्यलाई सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिजकी निर्देशक सुश्री कुशुम लामालाई निर्देशकको रुपमा नवनियूत्त गरेको छ।

नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट एक–एक जनाप्रतिनिधि रहने व्यवस्था छ ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो । यसको एनसिएचएल इसीसी, एनसिएचएल आईपिएस, र कनेन्ट आईपिएस इ प्मेन्ट प्रणाली सञ्चालनमा छन् ।

हालसम्म यसमा प्रत्यक्ष सदस्यको रुपमा ८० भन्दा बढी बैंक तथावित्तिय संस्थाहरु रहेका छन् भने ११ भन्दा बढी संस्थाहरु अप्रत्यक्षरटेक्निकल सदस्यका रुपमा आबद्घ रहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।