कम्पनीले सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट सँगको सहकार्यमा तालिम दिन थालेको हो । तालीममा सहभागीलाई बियर उत्पादन देखि भण्डारण र सर्भिङसम्मको बारेमा सम्पूर्ण जानकारी गराइएको थियो ।
तालीममा सहभागीले बियर बन्नकाल लागि आवश्यक सामाग्री, उत्पादन प्रक्रिया, प्रकार आदी बारे पनिसिके। साथै बियर भण्डारण गर्नुपर्ने उचित तरिका, ग्लास सफा गर्ने तरिकाबारे पनिसिकाइएको थियो। सो तालीम कार्यक्रमको नाम ‘एक्सबियरियन्स’ (EXBEERIENCE) रहेकोे छ। जसमा सहभागीले कार्ल्सबर्ग वियर एकेडेमिको अन्तराष्ट्रिय पाठ्यक्रम अनुसार बियरबारे ज्ञान पाउँछन् । तालीममाएक सातामा २० बार स्टाफहरु सहभागीहुने गरेका छन्।
सोही तालिम कार्यक्रमको एड्भान्स कोर्सको रुपमा कम्पनीले काल्र्सबर्ग वियर एकेडेमीकी प्रशिक्षक सिग्रिड स्ट्रेटवर्नलाई नेपाल ल्याएको थियो। उनले दिएको सो तालीमकार्यक्रम ‘बियर इन्थुसियास्ट ट्रेनिङ’ 'BEER ENTHUSIAST TRAINING’ हो।
कम्पनीले यस किसिमको कार्यक्रमका माध्यमबाट बार स्टाफको दक्षताविकास तथा सुधार गर्ने लक्ष्यलिएको छ । यसका कारण उनीहरुले सर्भ गर्ने तरिका अन्तरराष्ट्रिय स्तरको हुने कम्पनीको दाबी छ । गोर्खा ब्रुअरीले आगामी दिनमा सबै सहभागीलाई बियर र हस्पिटालिटिको अन्य विषयमा ज्ञान दिने योजना बनाएको छ ।
“नेपालको बार स्टाफको सीप विकास गरी वियर उपभोक्तालाई बियरको वास्तविक अनुभव लक्ष्य अनुसार यो कार्यक्रम सुरु गरिएको हो” गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर बैभव शर्माले जनाए । उनको अनुसार गोर्खा ब्रुअरी जस्तो प्रिमियम गुणस्तरको बियर उत्पादनकम्पनीकालागि सहीअनुभवएकदमै अपरिहार्य छ । उनले यो कार्यक्रमबाट राम्रो प्रतिक्रियामिलेकोले यसलाई अझै ठूलो बनाउने हौसला मिलेको बताए ।
उनकाअनुसार कतिपय आउटलेटले आफ्नै आउटलेटमा आएर यस्तो ट्रेनिङ दिनआग्रह गरेका छन्। शर्माले भने, “एक पटकको तालीम भन्दा पनि हामी दिनदिनै उहाँहरुलाई ज्ञान र सीप सुधार्नेमा तत्पर छौं ।” गोर्खा ब्रुअरीले तालीम लिएका सबै स्टाफसँग सम्पर्कमा रहेर नियमित रुपमा ज्ञानको स्तरलाई अपडेट गर्दै लाने योजना बनाएको छ ।
गोर्खा ब्रुअरीले आफ्नो योजनाअनुसार यस किसिमको तालीम देशैभर आयोजना गर्ने बताएको छ । यसलाई थपप्रभावकारी बनाउने लक्ष्यसहितकम्पनीले सन् २०१९ को अन्त्यसम्म १ हजार जनालाई र अर्को वर्ष २ हजार बार स्टाफलाई तालिम दिनेछ ।