मल्टीपपर्स फाइनान्सको शेयरमूल्य समायोजन

Jun 27, 2019 11:27 AM Merolagani

मल्टीपपर्स फाइनान्सको असार १२ गते बिहीबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ । फाइनान्सले जारी गर्न लागेको ८६५ प्रतिशत हकप्रद पश्चात नेप्सेले बिहीबार फाइनान्सको शेयरमूल्य समायोजन गरेको हो।

फाइनान्सले असार २३ गतेदेखि जारी गर्न लागेको हकप्रदको बिहीबार बुकक्लोज गरिएको हो। 

नेप्सेले ८६५ प्रतिशत हकप्रदलाई समायोजन गरि फाइनान्सको प्रतिकित्ता १०९ रुपैयाँ २ पैसामा समायोजित मूल्य निर्धारण गरेको छ ।

नेप्सेमा १८० दिनमा कारोबार भएको आधारमा फाइनान्सको औसत आधारमूल्य ११३ रुपैयाँ ५१ पैसा कायम भएको थियो।

हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था, मेरोशेयर, सिभिल बैंकको तोकिएका शाखा कार्यालयहरु, फाइनान्सको केन्द्रीय कार्यालय राजविराज सप्तरी तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धाराबाट पनि आवेदन गर्न सकिन्छ

हाल ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको सो अनुपातको हकप्रद बिक्री पश्चात ४० करोड २ लाख रुपैयाँ पूँजी कायम हुनेछ ।

राष्ट्र बैंकले जिल्लास्तरको फाइनान्स कम्पनीहरुलाई न्यूनतम ४० करोड चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो। सोही लक्ष्य भेटाउनका लागि कम्पनीले शेयरधनीलाई भारी मात्रामा हकप्रद बिक्री गरेर चुक्ता पूँजी कायम गर्ने बाटो अंगालेको हो।

उक्त हकप्रद जारी गर्ने प्रस्तावलाई फाइनान्सको २०७४ असार ३१ गते सम्पन्न १९ औं वार्षिक साधारण सभा तथा २०७५ भदौ ११ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गराएको थियो।

राष्ट्र बैंकले पछिल्लो पटक जारी गरेको एकीकृत निर्देशिका २०७५ लाई संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाको वर्गीकरण र न्यूनतम चुक्ता पूँजीको व्यवस्थामा समेत परिवर्तन गरेको छ ।

राष्ट्रिय स्तरको कार्यक्षेत्रमा रहि सञ्चालनमा रहने फाइनान्स कम्पनीले न्यूनतम चुक्ता पूँजी ८० करोड र प्रदेशस्तरमा सञ्चालन हुनेले ५० करोड कायम गर्नुपर्ने व्यवस्था गरेको छ। यसअघिको जिल्ला स्तरीय ४० करोड पूँजीको व्यवस्था खारेज गरिएको थियो। यससँगै नयाँ व्यवस्था अनुरुपको पूँजी कायम गर्न फाइनान्सलाई हकप्रद पश्चात थप १० करोड पूँजी आवश्यक पर्ने देखिन्छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।