देवः को वेस्टर्न डेभलपमेण्ट बैंक प्राप्ती प्रस्ताव पारित, शेयरधनीले १४ करोड बोनस पाउने

Jun 27, 2019 05:54 PM Merolagani

देवः विकास बैंकको बिहीबार सम्पन्न बा¥हौं वार्षिक साधारण सभाले वेस्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न स्वीकृतीका लागि पेश गरिएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ। साथै सभाले शेयरधनीलाई गत आवको मुनाफाबाट १४ कररोडको बोनस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष बज्र गुरुङ्गको अध्यक्षतामा २०७६ आसार १२ गते बिहीबार काठमाडौंमा सम्पन्न भएको साधारण सभाले आ.व. २०७४/७५ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत अर्थात १३ करोड ९३ लाख ५२ हजार ४१९ रुपैयाँ बराबरको बोनस शेयर प्रदान गर्ने प्रस्ताव अनुमोदन गरेको हो। 

यसैगरि सामान्य प्रस्ताव अन्तर्गत देवः विकास बैंक लि.को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/७५ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वससम्मतिबाट पारित गरियो ।

साथै, आ.व. २०७५÷७६ लेखापरिक्षण गर्न श्री एल.एस.पि. एशोसियटस् (प्रो. सि.ए. सतिस चन्द्र लाल तथा सि.ए. गोपाल कुमार श्रेष्ठ) लाई वाहृय लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।