सप्तकोशी र काबेली विकास बैंकको असार २२ देखि एकीकृत कारोबार

Jun 28, 2019 01:48 PM Merolagani

-असार २० गते सम्पुर्ण बैंकिङ्ग कारोबार बन्द हुने।
सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकको मर्जर पछि एकीकृत कारोबार सुरु हुने भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको नामबाट असार २२ गते देखि दुबै संस्थाको एकीकृत कारोबार हुने भएको हो।

दुबै संस्थाको असार २० गते शुक्रबार एक दिनको लागि बैंकिङ्ग कारोबार बन्द हुने भएको छ । एकीकृत कारोबार सुरु गर्न डाटा माइग्रेसन गर्नुपर्ने भएकोले सप्तकोशी र काबेली विकास बैंकको शाखाहरुबाट प्रदान गर्दै आईरहेको सम्पुर्ण सुृविधा बन्द हुने जनाइएको छ । 

राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले सप्तकोशी डेभलपमेन्ट बैंक र कावेली विकास बैंकलाई जेठ २९ अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

प्रादेशिक स्तरको बैंक बन्ने लक्ष्यसहित संयुक्त कारोबार गर्ने दुई बैंकबीच गत माघ पहिलो साता सहमति भएको थियो । दुई विकास बैंक एक बराबर एक शेयर रेसियो अनुपातमा मर्जरमा गएका हुन् ।
मर्जरपछि बन्ने सप्तकोशी डेभलपमेन्ट बैंक २८ वटा शाखा कार्यालय सहित प्रदेश १ को सबैभन्दा ठूलो विकास बैंक हुनेछ भने चुक्ता पूँजी ८१ करोड पुग्नेछ ।

बैंकको केन्द्रीय कार्यालय धनकुटामा र कर्पोरेट कार्यालय विराटनगरमा रहनेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।