लघुवित्तले साधारण सभाका लागि असार १८ गतेदेखि बुकक्लोज गर्ने भएकाले उक्त लाभांश पाउन मंगलबारसम्म शेयरधनी कायम भैसक्नुपर्नेछ। बुधबार शेयर खरिद गरेका लगानीकर्ताले उक्त लाभांश पाउँदैनन्। सोमबार कम्पनीको शेयरमूल्य प्रतिकित्ता एक हजार ९६ रुपैयाँमा कारोबार भएको छ।
लघुवित्तले मर्जरमा जाने प्रस्ताव गर्दै असार ३० गते कम्पनीको आठौं वार्षिक साधारणसभा आब्हान गरेको छ। कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जान आवश्यक सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने भएको छ।
साधारण सभामा कम्पनीले गत वर्षको कमाइबाट चुक्ता पूँजी २ करोड ८८ लाख रुपैयाँको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ लाख ३ हजार रूपैयाँ नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव लैजाँदै छ ।
त्यस्तै लघुवित्तले आफ्नो जारी पूँजी १० करोड रूपैयाँबाट वृद्धि गरी ३० करोड रूपैयाँ पुर्याउने प्रस्ताव समेत सभामा लैजाँदै छ ।
असार १२ गतेदेखि निष्काशन गर्न लागेको शतप्रतिशत हकप्रद र २० प्रतिशत बोनस वितरणपछि कम्पनीकोे चुक्ता पूँजी ६ करोड ३३ लाख पुग्नेछ । सो चुक्तापूँजीको १ बराबर २ शेयरको अनुपातमा १२ करोड ६७ लाख रूपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि साभारण सभामा लैजाँदै छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले १ करोड ५८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ६५ रूपैयाँ २२ पैसा कायम गरेको छ।