लघुवित्तको शेयर खरीद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले प्रतिकित्ता न्यूनतम १९६ रुपैयाँ अंकित गरी प्रतिस्पर्धात्मक मूल्यमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।
लघुवित्तको शेयरमा न्यूनतम सय कित्ता देखि अधिकतम सबै कित्ता शेयर खरीदको लागि आवेदन दिन सकिन्छ। कम्पनीको शेयर खरीदका लागि बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्फत असार १७ गते मंगलबार कार्यलय समयभित्र बोलपत्र पेश गर्न सकिनेछ।
लघुवित्तको साधारण शेयर धितोपत्रको दोस्रो बजारमा असार १६ गते प्रतिकित्ता ४७४ रुपैयाँमा कारोबार भएको छ ।
लिलामी शेयरमा परेको बोलपत्र असार १८ गते बुधबार बिहान ११ बजे बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालय सुन्धारामा खुला गरिने जनाइएको छ ।