नविल बैंकको ९० लाख कित्ता संस्थापक शेयर साधारणमा परिवर्तन

Jul 02, 2019 12:43 PM merolagani

नविल बैंकको ९० लाख कित्ता संस्थापक शेयर साधारणमा परिवर्तन भएको छ । नेपाल स्टक एक्सचेञ्जले उक्त परीमाणको बैंकको संस्थापक शेयर साधारण शेयर सरह नै कारोबार गर्न मिल्ने गरी परिवर्तन गरेको हो ।

९० लाख कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरणपछि अब बैंकमा संस्थापकको ६० प्रतिशत र सर्बसाधारणको ४० प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।

नबिल बैंकले तत्कालिन एनआईडिसी डेभलपमेण्ट बैंकले बिक्री गरेको १० प्रतिशत संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गरेकोहो । संस्थापक शेयर परिवर्तन गर्न बैंकको ३४ औ बार्षिक साधारण सभाले स्वीकृति प्रदान गरेको थियो ।

हाल ९ अर्ब १ करोड रुपैंया चुक्तापूँजी रहेकोे बैंकको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ २१ पैसा र प्रतिशेयर नेटवर्थ २४२ रुपैयाँ ३८ पैसा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।