नेपाल–इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा ढकाल र्निविरोध

Jul 03, 2019 01:02 PM merolagani

नेपाल इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल र्निविरोध निर्वाचित भएका छन् । संघको काठमाडौंमा बुधबार सम्पन्न ५ औं वार्षिक साधारण सभाबाट ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढकालले सबै उद्योगी व्यवसायीहरुको सहकार्य तथा राय सुझाबबाट संघका गतिविधिहरु प्रभावकारी रुपमा अगाडी बढाउने बताए ।

इटालीका विभिन्न संघ संगठनहरुसँग सम्बन्ध विस्तार गरी व्यापारिक प्रतिनिधिमण्डलको आदान प्रदान, व्यापार मेलाहरुमा सहभागिता आदि कार्य गरी दुई देशबिचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बनाउन प्रयास गर्ने उनको भनाई छ ।

साधारण सभाबाट विशिष्ट मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष धु्रब कुमार श्रेष्ठ, उपाध्यक्ष अशोक शेरचन, महासचिव राजेन्द्र लाल श्रेष्ठ, कोषाध्यक्ष पवन अग्रवाल, सचिव मनोज श्रेष्ठ भडेल चयन भएको छ ।

यस्तै कार्य समिति सदस्यमा अनिल दास श्रेष्ठ, कमल राज विष्ट, किसान सुनार,कृष्ण पौडेल, तिर्थ रोका, विनोद बस्नेत, विनोद सग्तानी, बासुमाया तमाङ्ग, विना प्याकुरेल, युगेश वादे श्रेष्ठ, सुमित कुमार वंशल, शम्भु कुमार लामा, शुसिल जैन, सञ्जय अग्रवाल, सुनिल शर्मा र राजेन्द्र बराल निर्वाचित भएका हुन् ।

नेपाल तथा इटाली वीचको आर्थिक, व्यापारिक, पर्यटन लगानीका लागि नेपाल इटाली उद्योग वाणिज्य संघको स्थापना भएको हो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।