सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा रतनलाल केडिया चयन

Jul 03, 2019 01:10 PM merolagani

सिद्धार्थ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतनलाल केडिया चयन भएका छन ।

कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैंठकले केडियालाई अध्यक्ष चयन गरेको हो । केडिया यसअघि पनि सञ्चालक समितिको अध्यक्ष थिए ।

इन्स्योरेन्स कम्पनीको असार १३ गते सम्पन्न साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकहरुको निर्विरोध चयन गरेको थियो ।

साधारण सभाले रतनलाल केडिया, पवनकुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षको लागि सञ्चालकमा चयन गरेको हो ।


comments powered by Disqus

नेप्सेमा सुचीकृत ८२ कम्पनीको कारोबार रोक्का, ठूला कम्पनीले नै तिर्दैनन् नविकरण शुल्क

Oct 18, 2019 06:00 PM

नेपाल स्टक एक्सचेन्जले ८२ कम्पनीको शेयर कारोबर रोक्का गरेको छ । नेप्सेमा सुचीकृत कम्पनीले बार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएपछि शेयर कारोबार रोक्का भएको हो ।