सिटी एक्सप्रेसको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

Jul 04, 2019 10:08 AM Merolagani

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड बीच हकप्रद शेयरको निष्काशनका लागि असार १८ गते बुधबार सम्झौता सम्पन्न भएको छ ।

सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको विद्यमान शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी ४० करोडको प्रतिशेयर एक सय रुपैयाँ अंकित दरले एक कित्ताबराबर एक कित्ता शेयर अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई चयन गरेको हो।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सिटी एक्सप्रेस फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका छन्।

हकप्रद पश्चात फाइनान्सको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।