मर्जर सम्झौताको चार महिनामा नै तिनाउ र मिसनले थाल्ने भए एकीकृत कारोबार

Jul 04, 2019 11:38 AM Merolagani

तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकले असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। चैत ३ गते मर्जरमा जाने सम्झौता गरेका यी दुई बैंकले मर्जर सम्बन्धि सम्झौता भएको ४ महिनामा नै सम्पुर्ण प्रकृया सकाएर असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्।

तिनाउ र मिसन डेभलपमेन्ट बैंकलाई एक आपसमागाभिन राष्ट्र बैंकले असार १२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो।

तिनाउ र मिसन डेभलपमेन्ट बैकलेगत चैत ३ गते मर्जरमा जाने सम्झौता गरी जेठ १७ गते बिशेष साधारणा सभाबाट समेत प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले 'ख' वर्गको अनुमति प्राप्त विकास बैंकहरुको सम्पुर्ण चलअचल सम्पति मर्जर पश्चात बन्ने संस्था तिनाउ विकास बैंकले बेहोर्ने गरी स्वीकृति प्रदान गरेको हो।

त्यसैगरी मर्जरमा जान दुबै बैंकहरुले कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत असार १६ गते अनुमति पाइसकेका छन् । मर्जर पश्चात बन्ने ७ जिल्ले विकास बैंकको केन्द्रिय कार्यलय रुपेन्देहीको बुटवलमा रहने छ भने ३८ शाखा रहने छ।

एक बराबर एक स्वाप रे.सियोमा मर्जर गरेका यी दुईको एकीकृत संस्थाको चुक्ता पूँजी एक अर्ब १४ करोड १० अर्ब २२ करोड निक्षेप र लगानीमा रहेको कर्जा ८ अर्ब ९५ करोड रहेको छ ।

राष्ट्र बैंकले इजाजत प्राप्त विकास बैंक र फाइनान्स कम्पनी एक प्रदेश वा राष्ट्रियस्तरमा संचालन हुनुपर्ने व्यवस्था गरेको थियो। राष्ट्रियस्तरमा सञ्चालन हुने विकास बैंकहरुले न्यूनतम दुई अर्ब ५० करोड चुक्ता पूँजी कायम गर्नुपर्छ भने प्रदेशस्तरमा रहने विकास बैंकले एक अर्ब २० करोड चुक्ता पूँजी कायम गर्नुपर्ने हुन्छ ।

त्यसैगरी तिनाउ डेभलपमेन्ट बैंकले कम्युनिटी डेभलपमेन्ट बैंकसँग समेत मर्जर सम्बन्धि सम्झौता गरीसकेको छ । मिसनसँग मर्जरपछि बन्ने तिनाउ डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक मिसिएर राष्ट्रिय स्तरको विकास बैंक बन्नेछ ।

हाल मिसनको ५७ करोड ६४ लाख, तिनाउको ५६ करोड ७७ लाख र नेपाल कम्युनिटीको ५३ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी कायम छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।